मिड सोलुले १५ प्रतिशत बोनस वितरण गर्ने


काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले १५ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार, मानसरोबल पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौँमा दिउँसो १ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहको तर्फबाट ५ जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।