एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन : नेपालगञ्जमा डिपल इसओ५ र नामी भिगो सार्वजनिक


नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल इसओ५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

सफलतापुर्वक सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआई नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि एफएनसीसीआई कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई थिए ।

एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीइओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीइओ ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।