तामाकोशी तेस्रो साढे ३ वर्षभित्र पूरा हुने, ५० करोड डलर लगानीमा बन्ने

0
Shares

दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत् परियोजना निर्माण गर्ने भएका छन्। परियोजनामा करिब ५० करोड अमेरिकी डलर लगानी हुनेछ।

यससम्बन्धी संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा बिहीबार उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको छ।

चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको हो।

उक्त परियोजना २ सय मेगावाटको रहनेछ भने २०२० को सुरुतिरै निर्माण सुरु हुनेछ। यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुनेछ। कार्यक्रममा टीबीआई ग्रुपका भवन भट्ट पनि सहभागी थिए। उनले परियोजना चीन र नेपाल सम्बन्धको कोशेढुंगा साबित हुने बताए। परियोजना दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्नेछ।