काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ।












प्रतिक्रिया