काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२.७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थको लागि ०.६७ प्रतिशत नगद लाभांश गरी १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।












प्रतिक्रिया