नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारको तुलनामा बिहीबार प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २४५ रुपैयाँ तोकेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया