काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।












प्रतिक्रिया