नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हात खाली


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो ।

पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।