उच्च विन्दुमा पुगेको बजारबाट नाफा कुम्ल्याएका ठूला लगानीकर्ताहरुले पुन बजार प्रवेशका लागि साना लगानीकर्ता अलमल्याउने खेलमा लाग्दा आइतबारको शेयर बजारमा उच्च गिरावट आएको छ ।
ब्रोकरको खातामा अनुमानित कारोबारको २५ प्रतिशत रकम जम्मा नगरी शेयर किन्न नपाइने भन्ने बेमौसमी हल्ला चलाईएपछि बजारमा शेयर बिक्रीको चाप परेको हो । छोटो समयमै बजारबाट नाफा कमाएकाहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा पनि बिक्री चाप पर्र्यो जसले गर्दा अधिकांस कम्पनीको शेयर मूल्य घट्न पुग्यो ।
यता धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार र यसबाट लगानीकर्तामा द्विविधा सिर्जना भएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
T+2 कडाईका साथ लागू गर्न निर्देशन
आइतबार नेप्से ५४.७५ अंकले घटेर २३७० दशमलब ५४ विन्दुमा झरेको छ । बजार घटेपनि झण्डै ९ अर्बको कारोबार भएको छ । २०४ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । यसदिन प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । यसदिन नेपाल लाइफको ३९ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया