कुमारी बैंकले ल्यायो ‘कुमारी बचत सुरक्षा खाता’, एक खाता खोल्दा परिवारकै बीमा

0
Shares

कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । जसमा परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने बैंकले जनाएको छ ।

बैंकले कुमारी बचत सुरक्षा खाता मा सहभागिता जनाउने ग्राहकलाई २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकका अनुसार परिवारका बुबा अथवा आमाले यो खाता खोल्न सक्ने छन्। बुबा आमामध्ये एकले खाता खोल्दा दम्पती सहित दुई जना छोरा छोरीले बीमा सुविधा पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए।

साथै यस खाता अन्तर्गत परिवारका चार सदस्यले १० प्राणघातक रोगहरुका लागि ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने छन्। दम्पतीले १०/१० लाख रुपैयाँको दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमाका साथै पूर्ण शारिरिक अशक्तताको समेत बीमा सुविधा पाउने बैंकले जनाएको छ।

यो खाता खोल्न न्युनतम १० हजार रुपैयाँ नगद मौज्दात हुनुपर्नेछ। बैंकमा यो नगद भएसम्मका लागि बीमा सुविधा पाइने भण्डारीले जानकारी दिए। निक्षेप सदस्यले उक्त नगदको वार्षिक ६.५ व्याजदर पाउने छन

बैंकले इन्टरनेट बैंकङ सुविधा निशुल्क दिएको छ भने मोबाइल बैंकिङ, भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क दिने छ भने दोस्रो वर्षदेखि न्यूनतम शुल्क लिनेछ। कुमारी बैंकले देशभर १०० शाखा, ९९ एटिएम, तीन एक्सटेन्सन काउन्टर, तीन शाखा रहित बैंकिङ इकाईहरु मार्फत सेवा दिदै आएको छ।