सिटिजन्स सन्तुलित योजना ओभरसब्स्क्राइब्ड, १ अर्ब बढीको योजना सञ्चालन हुने


सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” ओभरसब्स्क्राइब भएो छ ।

योजनाको सार्वजनिक निष्काशन तथा बिक्री पुस ४ गतेदेखि १८ गतेसम्म खुल्ला गरिएकोमा प्रारम्भिक विवरण अनुसार सो अवधि भित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोड भन्दा बढी अर्थात माग गरे भन्दा २५ प्रतिशत बढि रकमका लागी आवेदन परेको सिटिजन्स क्यापिटलले जनाएको छ । सिटिजन्स क्यापिटल लिमिटेडबाट संचालन हुने योजनाहरुमा यो योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्ये एक भएको क्यापिटलको भनाई छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी छ । कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठले जिम्मेवारी सम्हालिरहेका छन् ।

सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको छ । कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरु प्रदान गर्दै जाने साथै निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यले काम गरिरहेको यापिटलले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।