मुक्तिनाथको मेरो पहिलो बचत खाता योजना


 

मुक्तिनाथ विकास बैंकले मेरो पहिलो बचत योजना सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चलन गरेको यो योजना अन्तर्गत खाता खोल्दा एक सयको मोबाइल रिचार्ज र खातामा एक सय रुपैयाँ जम्मा हुनेछ ।

मेरो पहिलो बचत खाता नामक बचत खाता नयाँ वर्षदेखि सुरु गरिएको बैंकले जनाएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता भन्ने नारा साथ खोलौ बैंक खाता अभियानलाई २०७६ लाई सफल पार्न यो योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

अभियान अन्तरगत खोलिने खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदर तथा निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार वटा एटीएममा निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । हाल बैंकले ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख सेवाग्राहीलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।