लुम्बिनी विकास बैंकको साधारण सभा : सेयरधनीको हात खाली


लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ पौष ३० गते बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकले वित्तीय अवस्थाका आधारमा सेयरधनीहरुलाई लाभांश वितरण गर्न सकेन । जसका कारण सेयरधनीको हात खाली भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जवाफ दिएका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालनमा छन् ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।