हिमालयन बैंकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न


हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारण सम्पन्न भएको छ । पुस ३० गते बुधबार बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१।०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बंैकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२।०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीव एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गरेको छ ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

 

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।