स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता

0
Shares

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको ओमनी च्यानल डिजीटल बैंकिङ्ग सोलुशन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक स्मार्टच्वाइस टेक्नोलोजिज बीच औपचारिक सम्झौता भएको छ ।

एससीटीले ल्याएको यस उपकरणमा मोबाइल बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुने बैंकले जनाएको छ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।