शेयर बजारको गिरावटले अधिकांस म्युचुअल फण्डको न्याभ घट्यो, यस्तो छ चार फण्डको अवस्था

0
Shares

गत जेठको तुलनामा असार महिनामा अधिकांस म्युचुल फण्डहरुको प्रतिइकाई खुद सम्पतिको मूल्यमा गिरावट देखिएको छ । सोमबार वित्तीय विवरण सार्वजनिक गरेका चारमध्ये तीन वटाको न्याभ घटेको छ ।

लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । यता सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको प्रतिइकाई खुद सम्पतिको मूल्य वृद्धि हुँदा सिद्धार्थ इक्विटी फन्डको भने घटेको छ ।

लक्ष्मी इक्विटी फन्ड

असारमा लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति असार मसान्तमा १० पैसाले घटेको छ । जेठमा ९ रुपैयाँ २० पैसा रहेको फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ९ रुपैयाँ १० पैसामा झरेको छ ।

फण्डले ७९ वटा सूचीकृत कम्पनीको शेयरमा ८७ करोड २० लाख ९२ हजार रुपैयाँ लगानी गरेको छ । फन्डको मुद्दति निक्षेपमा ५ करोड र बैंक मौज्दातमा १८ करोड ४६ लाख रुपैयाँमा आएको छ ।

लक्ष्मी भ्यालु फन्ड–१

लक्ष्मी भ्यालु फन्ड–१ को जेठको तुलनमा असारमा प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेको छ । जेठमा ११ रुपैयाँ ६१ पैसा ११ रुपैयाँ रहेको फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ५८ पैसामा कायम भएको छ ।

फण्डले २८ वटा सूचीकृत कम्पनीको शेयरमा २५ करोड ७४ लाख ६२ हजार रुपैयाँ लगानी गरेको छ । यस फन्डले मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दात २७ करोड ११ लाख छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेको छ । अन्तिम महिनामा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ८ पैसाले बढेर ११ रुपैयाँ ३१ पैसामा पुगेको छ ।

फन्डको सूचीकृत शेयरमा लगानी ६ करोड ८७ लाख लगानी छ । फन्डको बैंक मौज्दातमा १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ छ । योजना परिपक्क भएपछि फण्डले शेयर बिक्रीको क्रम बढाएको छ ।

सिद्धार्थ इक्विटी फन्ड

सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य भने ३ पैसाले घटेर ११ रुपैयाँ २४ पैसा कायम भएको छ । यसको सूचीकृत सेयरमा लगानी ९७ करोड ६ लाख लगानी छ फन्डले कुल ७१ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।