काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ।
पुस मसान्तसम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।
चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया