म्यानेजमेण्ट ट्रेनीबाट करिअर सुरु गरेकी आरती राणा बनिन् सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत


 

सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत राणा २०७६ कात्तिकमा नायब महाप्रबन्धकको रुपमा सनराइज बैंक प्रवेश गरेकी थिइन् ।

भारतको पुनेस्थित एसआइबिएम कलेजबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकमा म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिइन् । एभरेष्ट बैंकमा पाँच वर्ष काम गरे पछि ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी राणाले त्यहाँ १२ वर्ष काम गरेकी थिइन् ।

बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता राणाले जनाएकी छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।