एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा कति ?


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ११.०७ प्रतिशतले बढेर ७० करोड २१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशतले घटेर ५ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ४३ करोड पुगेको छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २८ पैसा घटेर १ रुपैयाँ ७६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८८.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ०९ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।