मेरो माईक्रोफाइनान्सको खुद नाफामा ७७ प्रतिशतको सुधार

0
Shares

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफा ७७.६१ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले १६ करोड ७६ लाख २२ हजार खुद नाफा कमाएको छ । शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको चुक्ता पूँजी ६५ करोड ७८ लाख छ । जसको जगेडाकोष १५ करोड ८५ बाट बढेर ३३ करोड ९० लाख पुगेको छ ।

माइक्रोफाइनान्सले असार मसान्तसम्ममा एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा गत असार मसान्तमा १.२० मा सिमित गरेको छ । माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी भने २५ रुपैयाँ ४८ पैसामा संकुचन भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०७ पैसा छ र मूल्य आम्दानी अनुपात १९.२३ गुणा छ।