प्रभु बैंकका सीईओमा सुमन शर्मा नियुक्त


काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि शेरचनलाई निलम्बन गरिएको थियो । शेचरनलाई निलँबन गरेसँगै निरज लम्सालले मंसिर १४ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्माले माछापुच्छ्रे, र तत्कालिन सन्‌राइज बैंकको प्रमुख कार्यकारी अधिकृतका काम गरीसकेका छन् ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।