राष्ट्रिय बाणिज्य बैकको जेष्ठ नागरिकको खाता


राष्ट्रिय वाणिज्य बैक र अग्रज समाज नेपालको आयोजनामा काठमाडौं मिनभवन स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि रावा बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले बिहिबार सबै नेपालीको बैंक खाता ूखोलौ बैंक खाता अभियान–२०७६ू अन्तर्गत आयोजना भएको सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट एक सय रुपैयाँ खातामै जम्मा गरिने छ ।

सो कार्यक्रममा अग्रज समाज नेपालका केन्द्रीय अध्यक्ष महाप्रसाद पराजुली, बैंकका ब्रान्च अपरेशन विभागका निमित्त विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, शाखा कार्यालय नयां बानेश्वरका प्रवन्धक राजेन्द्र आचार्य, उप प्रवन्धक जितेन्द्रसिंह थापा समेतको उपस्थिति रहेको थियो ।