सुनको भाउ दुई दिनमा १३ हजार ७०० रुपैयाँले घट्यो


काठमाडौँ । सुनको भाउ दुई दिनमा प्रतितोला १३ हजार ७०० रुपैयाँले घटेको छ । बिहीबार ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ४ हजार २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज २७० रुपैयाँले घटेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८१९.९५ अमेरिकी डलर र चाँदी ७२.५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।