सूर्या लाइफको सञ्चालकमा वीरेन्द्र बाबु श्रेष्ठ नियुक्त

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को सञ्चालकमा वीरेन्द्र बाबु श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण शेयर तर्फ रिक्त रहेको सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

कम्पनीले विशाल मिनरल्स एण्ड माइन्स प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक समितिको बाँकी रहेको कार्यकालको लागि श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी सचिव राजचलले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।