सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क ६९ करोड, नाफा ७०.५८% ले बढ्यो

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले चालु आवको पुस मसान्तसम्ममा ६९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा ५६ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले समीक्षा अवधिमा २१.७७ प्रतिशतले बढाएको हो ।

पुस मसान्तसम्ममा कम्पनीले खुद नाफामा पनि ७०.५८ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ । यस अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.४१ रुपैयाँ छ । जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रति शेयर नटवर्थ २४५.८७ रुपैयाँ छ ।

बीमा कोषमा ९० करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ती कोषमा १२ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ५५ करोड ७९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले ७ हजार ७४८ बीमा दाबी वापत एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।