बचत तथा ऋण सहकारीबाट आइजीआई इन्स्योरेन्सको सेवा प्राप्त गर्न सकिने


आइएमई जनरल इन्स्योरेन्सको आइजीआई विद्याथी बीमालेख अब बचत तथा ऋण सहकारीबाट नै गर्न सकिने भएको छ । उक्त विषयमा इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था बिच सेवा लिने दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सहकारी संस्थामा खाता संचालन गर्ने विद्यार्थीहरुले आइजीआई विद्याथी बीमालेख सेवा प्राप्त गर्न सक्ने छन् । जहाँ सहकारी संस्थाले बीमा शुल्क भुक्तानी गर्न सक्ने छ । सहकारीको विद्यार्थी ग्राहकको निशूल्क व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क सहित निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्नेछ ।

इन्स्योरेन्सले हालै सार्वजनिक गरेको उक्त योजना नेपालमा नै पहिलो पटक भएको इन्स्योरेन्सका मुख कार्यकारी अधिकृतको दाबी छ । उक्त इन्स्योरेन्सबाट सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ ।