सेवाग्राहीसँग लिएको ९५ हजार घुस सहित एक इन्जिनियर पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुस सहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई घुस रकम लिई सकेको अवस्थामा उनको डेराबाट नियन्त्रणमा लिएको हो

इन्जिनियर कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भएपश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी थिईन ।

कार्कीलाई उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।