३ महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् । असोजदेखि पुस मसान्तसम्म ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् ।

वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू बढेका छन् ।

तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ । वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ । २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।