युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन


काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ।

बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।