प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्व:चालित रुपमा हुने

0
Shares

प्राइम लाईफ इन्स्योरेन्सले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ ।

यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी यस भित्र रहेका एनसिएचएल आईपिएस तथा कनेक्ट आईपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।

यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने विश्वास गरिएको छ ।

प्राइम लाईफ सँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्टआइपिएस ईपेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

एनपिआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्राइम लाईफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक समुहहरूद्वारा प्रवद्र्धित कम्पनी हो । १३ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा प्राइम लाईफले इन्स्युरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।