वोमी माइक्रोफाइनान्सको नाफा साढे ४ करोड

0
Shares

 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमी माइक्रोफाइनान्सले अघिल्लो वर्षको चैत मसान्तको तुलनामा ५१.९८ प्रतिशत बढी चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष तेस्रो त्रैमासमा वोमीले माइक्रोफाइनान्सले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९३ करोड ४ लाख रुपैयाँ सापटी लिएको संस्थाले एक अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । अर्कोतिर नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीको फागुन २६ गते यता शेयर कारोबार बन्द रहेको छ ।

चालु आवको ९ महिना अवधिसम्म माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१.७६ प्रतिशतले बढी हो ।

निष्कृय कर्जा ०.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६० पैसाबाट ५९ रुपैयाँ १६ पैसामा बढेको छ। कम्पनीकोे मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ १३ पैसा छ ।