काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकको निर्णय अनुरुप इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।












प्रतिक्रिया