प्रतिनिधिसभा सदस्य निर्वाचन: मतदान जारी


काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक  रूपमा मतदान जारी छ । बिहीबार बिहान ७ बजेदेखि सुरू भएको मतदानमा १२ बजेसम्म करिब ३२ लाख मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।