सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले आथिर्क वर्ष २०७५/०७६ को लागि बीमितलाई प्रदान गर्ने नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको जनाएको छ ।

इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत यस बोनसदर कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।