चितवन ३ मा रेणुलाई पछि पार्दै सोविताले लिइन् अग्रता


काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।

यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।