काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता, घिसिङ पछ्याउँदै


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले दिइन् ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छ् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।