चितवन–२ मा रविलाई पछि पर्दै एमालेले लियो अग्रता


चितवन । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार चितवन निर्वाचन क्षेत्र नं–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ७५५ मतका साथ अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५३१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले २९५ र नेपाली कांग्रेसका मीना खरेलले २५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।