नेमकिपाको गढ मानिने भक्तपुर १ मा पनि रास्वपा अगाडि


भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं। १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं। २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छ् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।