इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भन्छन् ‘आईपीओ नतिजाको तथ्यांक रोक्न आवाज उठाएका होइनौं’


केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले साधारण शेयर बाँडफाँडको नतिजाको तथ्यांक सञ्चार माध्यमबाट सार्वजनिक गर्न नमिल्ने व्यवस्था ल्याएपछि आम लगानीकर्ताले शेयर बाँडफाँड भएको घण्टौं बित्दा समेत नतिजा हेर्न पाएका छैनन् ।

यस सम्बन्धमा लगानीकर्ताहरुको संघ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले आम लगानीकर्ताको पहुँमा नतिजा नपुग्नु सिडिएससीको कमजोरी भएको बताएका छन् ।

नोटबजारसँगको कुराकानीमा फोरम अध्यक्ष रौनियारले सञ्चार माध्यमहरुबाट प्रवाह हुँदै आएको नतिजा रोक्नुपर्ने सम्बन्धमा आफुहरुले सुझाव नदिएको पनि प्रष्ट पारेका छन् ।

“दोस्रो बजारका तथ्यांकहरुको गलत प्रयोग भईरहेको भन्ने सुनेका थियौं । त्यस्ता तथ्यांकको गलत प्रयोग भए नभएको यकिन गर्न र त्यस्तो भेटिएमा तथ्यांक सुरक्षको लागि हामीले विभिन्न निकायमा कुरा राखेका हौं ।” रौनियारले भने, “तर त्यही विषयलाई आधार बनाएर साधारण शेयरको नतिजा नै हेर्न नसक्ने अवस्थामा पुर्याउनु राम्रो होइन ।”

महिला लघुवित्तको आईपीओ नजिता मेरोशेयरमा अझै अपलोड हुन सकेन

डिम्याट खाताका आधारमा लगानीकर्ताको सबै विबरण तथा प्रोफाइल नै हर्न मिल्ने कुरा सुनेको बताएका उनले कहाँ र कसले त्यस्तो प्रणाली तयार परेको छ भनेर सोधिएको प्रश्नको भने जवाफ दिन चाहेनन् । साधारण शेयरको नतिजाको विबरणबाट कुनै गलत काम भएको भेटिएको छ ? भन्ने प्रश्नमा उनले भने, “भेटेको त छैन, तर सुनेका भरमा नै हामीले यसमा सजग हुन पर्छ भनेका हौं ।”

ठोस आधारमा नभई सुनेको भरमा दोस्रो बजारको तथ्यांकको विषयमा कुरा गरेका उनले लगानीकर्ताका नेताहरुका कारण नै समयमा नतिजा हेर्न नसकेको घुमाउरो शैलीमा स्वीकर गरे ।

यद्यपी उनले अन्तर्राष्ट्रिय बजारमा यस्तो अभ्यास नभएको भन्दै कुनै पनि किसिमका तथ्यांक बाहिर दिइने नगरेको बताए ।

सिडिएससीले केही लगानीकर्ताको पछि लागेर आम लगानीकर्ताको सूचनाको पहुँचमा लगायो बन्देज

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।