काठमाडौँ । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन ‘रेडम्याजिक ११ प्रो’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेश रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुने र स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स–केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ ।
क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने स्मार्टफोनले फ्ल्यागशिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । ५० एमपी / ५० एमपी / २ एमपी को ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ । साथै, रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्रा–फास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्ने कम्पनीको विश्वास छ ।
१ लाख ६० हजार पर्ने उक्त मोबाइलको प्रि बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया