प्रहरीले बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका १८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका ६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेका थिए ।
उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया