निरन्तर घटेको सुनको भाउ एकैदिन १४ हजारले बढ्यो, चाँदीमा पनि उच्च बढोत्तरी


काठमाडौँ । गत बुधबारदेखि निरन्तर घटेको सुनको भाउमा आज बुधबार बढेको छ । आज एकैदिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५७२.५९ अमेरिकी डलर र चाँदी ७३.४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।