काठमाडौँ । जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार बीमा शूल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२-८३ को ८ महिना (साउन–फागुन) सम्म १४ वटा जीवन बीमकले फागुनसम्म १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १४.७३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २०८१-८२ को फागुनसम्म कम्पनीहरुले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ भित्र्याएका थिए ।
समीक्षा अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले व्यापार भित्राएको छ । आर्थिक वर्षको फागुनसम्म नेपाल लाइफले ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीको व्यापार १२.१७ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, नेसनल लाइफले १५ अर्ब २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १०.०८ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ । समीक्षा अवधिसम्म १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ७.१६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष फागुनसम्म कम्पनीले १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
चालु आर्थिक वर्षमा हिमालयन लाइफले ११ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ, एसियन लाइफले ६ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ र सिटिजन लाइफले ५ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै चालु वर्षको फागुनसम्म सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड २८ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यता, मेट लाइफले ४ अर्ब २५ करोड १६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
नविकरण शूल्क कस्को कति ?
चालु आर्थिक वर्षको फागुनसम्म ९६ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् ।
चालु वर्षको फागुनसम्म नेपाल लाइफले २५ अर्ब ५५ करोड १३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो वर्ष फागुनसम्म कम्पनीले २३ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीमा बीमाशुल्क संकलन ६.८० प्रतिशतले बढेको छ ।
नयाँ व्यापार कति ?
१४ वटा जीवन बीमा कम्पनीले चालु वर्षको फागुनसम्म २८ अर्ब १४ करोड ७५ लाख रुपैयाँ नयाँ व्यापार भित्र्याएका छन् ।
चालु वर्षको फागुनसम्म नेपाल लाइफले ७ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ४१.४६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब २४ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
दोस्रोमा नेसनल लाइफले ४ अर्ब ४ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार २२.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष फागुनसम्म कम्पनीले ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) रहेको छ । यो कम्पनीले अघिल्लो वर्ष फागुनसम्म १ अर्ब ७१४ करोड ८२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म २५.६१ प्रतिशतले बढेर २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया