सूर्योदय लघुवित्तको खुद नाफामा ८७ प्रतिशतको वृद्धि

0
Shares

सूर्योदय लघुवित्तको खुद नाफामा ८७ प्रतिशतको बढोत्तरी आएको छ। अघिल्लो वर्षको चौंथो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षमा तीन करोड ६१ लाख कमाएको छ ।

कम्पनीको निक्षेप ५३ र कर्जा ८० प्रतिशतले बढेको छ । लघुवित्तको ब्याज आम्दानी करिब ६६ प्रतिशतले बढेर १० करोड ५८ लाख पुगेको छ । यस अवधिमा लघुवित्तले ६१ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ८६ करोड २६ लाख सापटीबाट एक अर्ब ५६ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

अघिल्लो आवको नाफाबाट ४२.७५ प्रतिशत बोनस बाँडेर १० करोड ७९ लाख पूँजी कोयम गरेको यस लघुवित्तको जगेडा कोषको आकार भने ४ प्रतिशतले घटेर ७ करोड ९५ लाखमा सीमित भएको छ।

लघुवित्तले निष्कृय कर्जा अनुपातमा ०.९२ मा सिमित गरेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २३.६६ गुणा छ।

समीक्षा अवधिमा लघुवित्तको कोषको लागत, निष्कृय कर्जा अनुपातमा सुधार भएको छ भने जगेडा कोष, पूँजीकोष अनुपात र प्रतिशेयर नेटवर्थमा भने गिरावट देखिएको छ ।