एशियन लाइफले आव २०७५/७६ बाट लाभांश नदिने

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफा जगेडा कोषमा नै रहने गरी आर्थिक वर्ष २०७५/७६ मा कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

बीमा समितिमा वासलात, नाफा नोक्सान हिसाव र सो संलग्न अनुसूचीहरु तथा आर्थिक वर्ष २०७५/७६ को एनएफआरएस बमोजिमको प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरिएको कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिए ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ बाट पनि कुनैपनि लाभांश वितरण गरेको थिएन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।