अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस सहित पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडाका सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।
आयोगले सव इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकमसहित पक्राउ गरेको हो ।
लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि घुस मागेका थिए ।
उक्त सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट गएको टोलीले सव–इन्जिनियर लामिछानेलाई रंगेहात पक्राउ गरेर थप अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया