शिखर इन्स्योरेन्सको लाभांश खाने/नखाने निर्णय गर्ने आज अन्तिम दिन

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको २९.२३ प्रतिशत लाभा.श खाने/नखाने निर्णय गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत ९ गते एकैदिन दुई आर्थिक वर्ष १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोजको मिति तोकेको छ । यसअनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश पाउन मंगलबारभित्र शेयर किन्नुपर्छ भन्ने लाभांश नखाने लगानीकर्ताले आज शेयर बिक्री गरेर बाहिरिन सक्नेछन् । कम्पनीको भोलि बोनसमा शेयरमूल्य समायोजनपछि शेयर बिने लगानीकर्ताले लाभांश पाउँदैनन् । त्यसकारण लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

शिखरको साधारण सभाले लाभांश, हकप्रद तथा शेयर संरचना परिमार्जन लगायतका प्रस्ताव पारित गर्नेछ । जस अन्तर्गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्तावित २७.७६९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १।४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै बोनसपछि कम्पनीले पूँजीवृद्धिका लागि शेयरधनीहरुलाई ३० प्रतिशत लगानी थप्न लगाउने भएको छ । सभामा इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीबाट ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभामा लग्ने भएको छ ।

हकप्रद शेयर निष्कासनसँगै शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ नाघ्ने भएपछि शिखरले सोही साधारणसभाबाट अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।

शिखरले यसअघि पनि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । साथै सो साधारणसभामा ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेर संस्थापक तथा साधारणको शेयर अनुपात ६०ः४० बाट ५१ः४९ बनाउने प्रस्ताव समेत राखेको छ । शेयर अनुपात परिमार्जन गर्दा शिखरको करिब १६ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनसपछि कायम पूँजीमा शेयर संरचना अनुपात रुपान्तरण गर्ने जनाएको छ ।

साधारण सभा चैत ९ गते इन्स्योरेन्सको कार्यालय स्थित सभाहलमा साधारण सभा बिहान ११ बजे बोलाइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।