वैशाख महिनाका लागि घट्यो व्याजदर, १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल


काठमाडौँ । वाणिज्य बैंकहरूले २०८३ बैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिक तरलताका कारण हरेक महिना बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन् ।

व्यत्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

चैत महिनाका लागि यस्तो निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो ।

हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएर ५ प्रतिशतभन्दा तल झारेका हुन् । चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।

एनएमबि बैंकले भने चैतकै ब्याजदरलाई निरन्तरता दिएको छ । समीक्षा अवधिमा २० वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औषत ०.०९४ प्रतिशतविन्दु घटेको छ ।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर बैशाखका लागि घटेर ४.४ प्रतिशतविन्दुमा झरेको हो । चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.४९४ प्रतिशतविन्दु रहेको थियो ।

७ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर घट्न पुगेको हो । बैशाखका लागि स्ट्रयाण्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् ।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०६३ प्रतिशतविन्दु घटेको छ। बैशाख महिनाका लागि घटेर ३.२२९५ प्रतिशतविन्दुमा झरेको छ । चैत महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ३.२९२५ प्रतिशतविन्दु रहेको थियो ।

कुन बैंकको अधिकताम व्याजदर कति ?

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।