नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न भदौ ८ गते बोलायो साधारण सभा

0
Shares

नेपाल इन्स्योरेन्स अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न भदौ ८ गते साधारण सभा बोलाएका छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि साउन २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । भदौ ७ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।

त्यस्तै, कम्पनीमा बाँकी कार्यकालका लागि नियुक्त संचालकहरको अनुमोदन गर्नेछ ।