महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु


काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ युनियनपे इन्टरनेशनल सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।

अब यूनियनपे वालेट प्रयोगकर्ताहरुले नेपालभर क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको हो ।

यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो । यस सुविधाको
विशेष गरी चिन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।

साथै यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम हुने बैंकको विश्वास छ । सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका सबैभन्दा ठुला भुक्तानी सेवा प्रदायकहरु मध्ये एक भएको बैंकको भनाई छ । जसको ९.६ अर्ब भन्दा बढी कार्डहरु जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृती रहेको छ । यस सेवाको शुरुवातसँगै हाल नेपालमा प्रदान भईरहेको क्यूआर पुर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । साथै बैंक डिजिटल नवप्रर्वद्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन बैक प्रतिबद्ध रहेको समेत जनाएको छ ।

हाल मुलुकभरि बैंकका १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेको बैंकको दाबी छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।